Logo

सातै प्रदेशका सभामुख र उपसभामुखलाई लिएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अष्ट्रेलिया जाँदै



काठमाडौं,१० मंसिर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको टोली आज राती अष्ट्रेलिया प्रस्थान गर्ने भएको छ ।

वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति ११-३० बजेको मलेसियन एअरको जहाजमा अष्ट्रेलियातर्फ प्रस्थान गर्न लागेको हो । जसमा सातै प्रदेशका सभामुख, उपसभामुखसहितका प्रतिनिधि रहने संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिनासहित सुदुरपश्‍चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाकँ उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाकी उपसभामुख बबिता कुमारी राउत ईशर, बागमती प्रदेश सभाकीउपसभामुख अपसरा चापागाईं खत्री र लुम्बिनी प्रदेश सभाकी उपसभामुख मेनुका खाँड केसी छन् ।

यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष तिमल्सिनाका स्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधीमण्डलमा समावेश रहेको सचिवालयले जनाएको छ ।

आज उता प्रस्थान गरेको टोली मंसिर १६ गते नेपाल फर्किने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot