Logo

नेपाल सुपर लिग- पहिलो हाफमा वीरगंज र धनगढी १-१ गोलको बराबरीमा



काठमाडौं,१० मंसिर ।राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग-२०२३ को चौथो खेलमा वीरगंज युनाइटेड र धनगढी एफसीबीच खेल भईरहेको छ । दशरथ रंगशालामा भइरहेको खेलमा खेलको पहिलो हाफ सकिँदासम्म दुबै टिमले एक एक गोलको बराबरी खेलेका छन् ।

धनगढीले खेलको दोस्रो मिनेटमै गोल गरेर अग्रता लिएको थियो । आफिज ओलवालेको डी बक्स भित्रै मिलाएको छोटो पासमा फोडे फोफानाले कुनै गल्ती नगरी गोल गरेका थिए । वीरगञ्जका गोलकिपर दीप कार्कीले गोल रोक्ने कुनै मौका नै पाएनन् । उता नवप्रवेशी टिम विरगञ्जले पहिलो हाफमा थपिएको अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत गोल गरेको हो । हान्सले कुनै गल्ती नगरी सहजै गोल गरेर खेल बराबरीमा ल्याएका छन् ।

धनगढी साविक उपविजेता हो । जसको मार्की प्लेअर आशिष चौधरी हुन् भने देवेन्द्र तामाङले कप्तानी गरिरहेका छन् । विरगञ्ज भने यस प्रतियोगीतामा नवप्रवेशी टिम हो ।

यसअघि लिगमा हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले विजयी सुरुवात गरेका छन् । पोखरा थन्डर्सले चितवन फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । अर्को खेलमा ललितपुर सिटी फुटबल क्लबले बुटवल लुम्बिनी फुटबलमाथि २–० गोल अन्तरको जित हात पारेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot