Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, मंसिर ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ५३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ रुपैयाँ एक पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६९ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्