काठमाडौं,११ मंसिर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरमा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको समूह सी अन्तर्गतको खलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ५९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा भएको खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिम १५ औं ओभरको अन्तिम बलमा ५८ बलमा अलआउट भयो । उसका लागि नरेन साउदले सर्वाधिक १८ तथा किरन ठग्गन्ना र भोजराज भट्टले समान १० रन जोडे । अन्य कुनैपनि ब्याटरले रन जोड्न सकेनन् ।
बलिङतर्फ मधेशका कप्तान हरिशंकर साहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ११ रन खर्चिएका थिए । त्यस्तै रुपेश सिंहले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट लिए ।
मधेशले पहिलो खेलमा नेपाल पुलिससँग हार ब्यर्होरेको थियो । सुदूरपश्चिमले भने पहिलो खेल खेलेको हो ।