Logo

केपी ओली कप- आर्मीले दियो मदन भण्डारीलाई १९६ रनको विशाल लक्ष्य



काठमाडौं,११ मंसिर । पोखरामा जारी प्रथम केपी ओली टी-२० क्रिकेट अन्तर्गत समूह सी को पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आयोजक मदन भण्डारीको टिम निलोलाई १९६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । उसका लागि सन्तोष कार्कीले ४१ तथा विनोद भण्डारीले ३८ रन बनाए ।

पहिलो विकेटका रुपमा यी दुई ओपनरले ७९ रनको साझेदारी गरेका थिए । त्यस्तै विवेक यादवले नटआउट २९ रन जोडे । कुशल मल्लले २५ रन थप्दा वसिल अहमदले २३ रन जोडे ।

बलिङतर्फ मदन भण्डारीका मेहुल श्रेष्ठले २ तथा शुभम खनालले १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्