Logo

बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसन संसदीय निर्वाचन लड्ने



काठमाडौं । बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसन संसदीय निर्वाचन लड्ने भएका छन् ।

उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला ममुरा १ बाट संसदीय निर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो । अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन्।

यसअघि बंगलादेशका पूर्वकप्तान मशरफे मोर्तजाले गत निर्वाचनमा नराइलबाट उम्मेदवारी दिएका थिए र विजयी भएर सांसद बनेका थिए।

मशरफी सधैं आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न थिए, तर शकिबको त्यस्तो पृष्ठभूमि नभएको बताइन्छ।

बंगलादेशमा क्रिकेट र राजनीतिको सम्बन्ध गहिरो र पुरानो छ। शकिब र मशरफे बाहेक बीसीबीका अध्यक्ष नजमुल हसनले पनि चुनाव लडे र सन् २००९ मा सांसद बने र अहिले पनि सांसद नै छन्।



प्रतिक्रिया दिनुहोस्