Logo

योगेशमाथि भएको आक्रमणको प्रयासप्रति भर्त्सना गर्दै एमालेले भन्यो- सरकारलेनै अराजकतालाई प्रश्रय दिइरहेको छ



काठमाडौं,११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्ला कमिटी, ताप्लेजुङ्गले मंसिर १० गते आयोजना गरेको शुभकामना आदान(प्रदान कार्यक्रम सकेर फर्कने क्रममा पार्टी केन्द्रीय कमिटीका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईमाथि भएको आक्रमणको प्रयासप्रति भर्त्सना गरेको छ ।

सोमबार कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गर्दै भट्टराईलाई कथित पहिचानवादीको नाममा फुङलिङ न।पा। स्थित विरेन्द्र चौक र तोक्मे डाडामा लुकिछिपि ढुंगामुढा गरी अराजक गतिविधि गर्दै अन्य कार्यकर्तामाथी समेत हातपात गरी अवान्छित गतिविधि गरेको र भट्टराई सवार सवारी साधन र पार्टी कार्यकर्ता सवार मोटरसाईकलमा समेत तोडफोड गरी क्षती गरेको घटनाबारे आपत्ति र भर्त्सना गरेको हो ।

‘पहिचानका नाममा गैरजिम्मेवार, आपत्तिजनक र अराजक कार्य गर्नेहरुलाई अविलम्व नियन्त्रणमा लिएर कानुनी कारवाहीको दायरामा ल्याउनका लागि सरकारसँग जोडदार माग गर्दछौं ’। खतिवडाले भनेका छन् । ‘ कानुनी राज्य, विधीको शाशन र संवैधानिक अधिकारको प्रत्याभुति सबैमा संविधानले सुनिश्चितता गरेको छ । कानुनी राज्यमा शान्तिपुर्ण रुपमा बिरोध र समर्थन गर्ने अधिकार सबैमा रहेको प्रति नेकपा एमाले पुर्ण रुपमा सचेत छ ’।

एमाले कोशीले संवैधानिक व्यवस्था, ऐन र कानुनी प्रक्रियाबाट प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्ने निर्णय गरेको समेत अवगत गराएको छ । प्रदेश सभाबाट राखिएको कोशी प्रदेशबारे असहमत समूहले विरोधमा कोशी प्रदेशमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको छ । त्यसको निशाना एमाले नेताहरुमाथि मात्र भइरहदा सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्न कुनै ध्यान नदिएर अराजकतालाई थप प्रश्रय दिइरहेको एमालेको दाबी छ ।

‘एमाले लोकतान्त्रिक शासन व्यवस्था रक्षाका लागि दृढछ । यहि कारण एमाले र एमालेका नेताहरु आक्रमणको निशाना बन्नु परिरहेको छ । सरकार यस किसिमका आक्रमणमा मुकदर्शक भएर बसिरहेकोछ । यस्ता गैरकानुनी अपराधजन्य कृयाकलाप बन्द गर्न र त्यस्ता कृयाकलाप गर्नेहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउनका लागी सरकारको गम्भिर ध्यानाकर्षण गराउदै अपराध नियन्त्रणका लागी जोड्दार माग गर्दछ समयमा नै यस्ता अवान्छित कृयाकलापहरु नियन्त्रण नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम सरकार हुनेछ’ । प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

०७९ फागुन १७ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकराले तत्कालीन प्रदेश नम्बर १ को नाम कोश राखेको थियो । उक्त नामलाई पहिचानवादीहरुले अस्वीकार गर्दै आएका छन् । उनीहरुले कोशी नामलाई खारेज गरेर पहिचानका आधारमा नयाँ नाम राख्न मागगर्दै प्रदर्शन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्