Logo

जीवित व्यक्तिको मृत्यु दर्ता बनाइदिने वडासचिव महतो निलम्बित



काठमाडौं,११ मंसिर । रामेछापमा जीवित मानिसको मृत्यु दर्ता प्रमाणपत्र बनाएर एकल महिला भक्ता दिलाईदिने एक वडा सचिव निलम्बित भएका छन् । रामेछापको मन्थली नगरपालिकाको वडा नं ३ का तत्कालीन वडासचिव शिवकुमार महतो निलम्बनमा परेका हुन् । हाल मन्थली नगरपालिका–१२ गेलुमा कार्यरत महतोलाई आजबाट नगरपालिकाले निलम्बन गरेको हो ।

सचिव महतोले आर्थिक लेनदेन गरी जीवितै रहेका व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र बनाएर (एकल महिला) ४५,२२० रुपैँया सामाजिक सुरक्षा भत्ता खुवाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। अख्तियारअख्तियारमा उजुरी परेपछि छानबिन हुँदा सचिव महतो दोषी ठहर भएपछि अख्तियारले महतोसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारले मुद्दा दर्ता गरेको पत्र मन्थली नगरपालिकाको कार्यालयमा आइतबार प्राप्त भएपछि सोही दिनबाट सचिव महतोलाई निलम्बन गरिएको हो ।

सचिव महतोले झुटो विवरण पेस गरी मन्थली नगरपालिका तीनकी निर्मला खत्रीको जीवितै रहेका श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्र बनाइदिएर एकल महिला सामाजिक सुरक्षा भत्ता खुवाउँदै आएका थिए।

उजुरीपछि सो विषयमा छानबिन गर्दै अख्तियारले झुटा विवरण तयार पारेर ४५ हजार २ सय २० रुपैयाँ सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको उल्लेख गर्दै सोही रकमबराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot