काठमाडौं, ११ मंसिर । आर्थिक वर्ष २०७९-०८० मा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल काठमाडौं मेडिकल कलेज सम्मानित भएको छ ।
छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९-०८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै केएमसीलाई सम्मान गरिएको हो ।
बागमती प्रदेश अन्तर्गत कोषमा सूचीकृत योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गरेको संख्याको आधारमा उत्कृष्ट दुईभित्र रहन सफल भएको भन्दै केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय सभागृहमा विशेष समारोहमा केएमसीका क्षितिज निरौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिं भण्डारीबाट प्रशंसा पत्र ग्रहण गरे ।
सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस मनाइएको हो ।