काठमाडौं, मंसिर १२ । भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ ।
आजको खेल जितेका भारतले शृङ्खला जित्नेछ । यो शृङ्खलालाई जोगाउन अस्ट्रेलियालाई आज जित्नैपर्ने दबाब छ । तेस्रो टी–२० खेल नेपाली समय अनुसार आज बेलुका सवा ७ बजे गुवाहाटीमा हुनेछ ।
पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले र दोस्रो खेलमा ४४ रनले हराएको थियो ।