Logo

भूर्तेलको अर्धशतकमा पुलिसले दियो सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य



काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा विभागीय टिम नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर सुरुवातमा ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भूर्तेलको अर्धशतकमा निर्धारित २० ओभरमा मात्र ४ विकेटको क्षतिमा १५८ रन बनायो ।

उसका लागि अर्धशतकीय पारी खेलेका भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । त्यस्तै अर्का ओपनर सुनिल धमलाले ४० बलमा २ छक्का र २ चौकामा ४० रन थप्दा अर्जुन साउदले २० रन बनाए ।

त्यस्तै करण केसीले नटआउट रहँदै ७ रन बनाउँदा दिलिप नाथले अविजित ४ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका विकास अगारीले २ तथा बसन्त खत्री र भोजराज भट्टले समान १ विकेट लिए ।

पहिलो खेलमा मधेशलाई हराएको पुलिस आजको खेलमा पनि जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको हो भने, सुदूरपश्चि पहिलो जितको खोजीमा हुनेछ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot