Logo

इजरायल र हमासबीचको युद्धविराम दुई दिन थपियो



काठमाडौं,१२ मंसिर । गत अक्टोबर ७ देखि एक-आपसमा भिडिरहेका इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीचको अस्थायी युद्धविराम दुई दिन थपिएको छ ।

इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जनाएको छ ।

युद्ध विराम लागू भएपछि हमास र इजरायलले बन्दीहरूलाई रिहा गरेका छन् । हालसम्म हमासले आफ्नो कब्जामा रहेका इजरायली र अन्य देशका नागरिक गरी ५८ जनालाई मुक्त गरेको छ । त्यसको बदलामा इजरायलले पनि प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । उनी भने अझै हमासको कब्जामा रहेका छन् । हमासको हमलामा परेर नेपालका १० विद्यार्थीले ज्यान गुमाएका छन् । उनीहरुको शव एक महिनापछि नेपाल ल्याईएको छ । तर, विपिनकोबारेमा भने अझै प्रष्ट जानकारी प्राप्त भएको छैन् ।

इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot