Logo

रास्वपा संसदीय दलको बैठक जलेश्वरमा सुरू



काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ ।

बैठक आज बिहान १० बजेबाट महोत्तरीको जलेश्वरमा सुरु भएको हो । संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक र त्यसपछि संयुक्त बैठक बस्ने कार्ययोजना रहेको रास्वपाले जनाएको छ ।

आजदेखि तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot