Logo

कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने



काठमाडौं,१२ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको रुपन्देही जिल्ला सम्मेलन आज हुँदैछ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा उद्घाटन गर्ने कांग्रेस रुपन्देहीले जनाएको छ ।

पार्टी कमिटीहरूको नेतृत्व परिवर्तनपछि प्रत्येक वर्ष कांग्रेसले सबै तहका सम्मेलन गर्ने गर्छ । सोही बमोजिम जिल्ला समितिको सम्मेलन हुन लागेको हो ।

सम्मेलनअघि कांग्रेसले वडा, गाउँ तथा नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, क्षेत्रीय सम्मेलन गरिसकेको छ । यी कमिटीबाट ३४५ प्रतिनिधि, पार्टीका शुभेच्छुक तथा शुभचिन्तक सम्मेलनमा सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot