Logo

किरणको विष्फोटक ब्याटिङमा आधा दर्जन राष्ट्रिय टिमका खेलाडीलाई पाखा लगाउँदै सुदूरपश्चिमको शानदार जित



काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी-२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालामा भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई ४ विकेटले पाखा लगाएको हो ।

पोखरा क्रिकेट मैदानमा नेपाल पुलिसले दिएको १५९ रनको चूनौतिपूर्ण लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १८ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

चूनौतिपूर्ण लक्ष्य र सिनियर टिमका आधा दर्जन खेलाडी सामेल रहेको पुलिसलाई पाखा लगाउन सुदूरपश्चिमका किरणकुमार ठगुन्नाले विष्फोटक ब्याटिङ गरे । उनले मात्र ३४ बलमा ४ चौका र २ छक्का हिर्काउँदै ५१ रनको अर्धशतकिय पारी खेले । त्यस्तै नरेर साउदले ३९ रन थपेको खेलमा नारायण जोशीले केवल ७ बलमा १७ रनको योगदान दिएपछि सुदूरपश्चिमले जित सुनिश्चित गरेको हो ।

बलिङतर्फ पुलिसका रसिद खानले तीन तथा सुनिल धमला र सागर ढकालले समान १ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त भएन ।

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको ६७ रनको अर्धशतकीय पारीको मद्दतमा सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य दिएको थियो । उसका लागि भुर्तेलले ६७ रन, तथा अर्का ओपनर सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन थपेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot