Logo

मुख्यमन्त्री कार्कीलाई एमाले सांसदको चेतावनी: बाल्टीनै घोप्ट्याएर खानु भयो भने पच्दैन, हेक्का राख्नुस्



काठमाडौं,१२ मंसिर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सदस्यको बजेट र योजना कटौती गरेको भन्दै नेकपा एमाले मुख्यमन्त्री केदार कार्कीसँग पलाउर भएको छ ।

शनिबार मुख्यमन्त्री केदार कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हेरफेर गरेर बजेट प्रतिस्थापन विधेयक सदनमा ल्याएका थिए । आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले ल्याएका योजनाहरु हटाएर मुख्यमन्त्रीले मनपरी गरेको भन्दै एमोलले आपत्ति जनाएको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले सत्ता साझेदार दललाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले मुख्यमन्त्री कार्कीले फराकिलो हृदय बनाउन नसकेकोसमेत आरोप लगाए ।

‘मुख्यमन्त्री ज्यूले नयाँ सन्देशसहितको कार्य आरम्भ गर्नु भयो भन्ने सोचेृका थियौं । तर, नेपालीमा एउटा उखान छ । के सोचे मैले के भयो अहिले । यस्तै हो भने जनताकाबीचमा लाग्ने गरेको एउटा नारा जुन जोगी आएपनि कानै चिरेको भन्ने भाष्य स्थापीत हुनेछ । हामीले त्यो तहसम्म सोचेका थिएनौं’ पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका अधिकारीले भने ।

सांसद अधिकारीले बजेट प्रतिस्थापन विधेयक ल्याउँदा प्रदेश भरका १४ जिल्ला र ५६ निर्वाचन क्षेत्रलाई भुलेर मुख्यमन्त्री कार्कीले केवल मोरङलाई मात्र ध्यान दिएको दाबी गरे । उनले सत्तारुढ दलले अलिकति बजेटमा तजविजी अधिकार प्रयोग गर्नु स्वभाविक नै भएपनि अत्ति गरेको भन्दै आपत्ति जनाए ।

उनले भने ‘ मेरो क्षेत्रमा ६ वर्षदेखि १८ किलोमिटर सडक निर्माणका लागि जम्मा १५ लाख बजेट छ्ट्याईएको छ । १८-२० किलो मिट सडकका लागि १५ लाखले कति काम हुन्छ ? ’ उनले प्रश्न गरे ‘यो गाईजात्रा किन ? मेरो आग्रह छ । बजेट जस्केलाबाट आएको छ । जसका लाठी उसका भैसी जस्तो देखिएको छ । मह काड्ने ले अलिअलि हात चाट्छ । खान त खानुस् त्यो सहुँला तर, बाल्टीनै घोप्ट्याएर खानुभयो भने त्यो पच्दैन हेक्का राख्नुहोला’ । उनले भने ।

२४ भदौंमा तत्कालीन मुख्यमन्त्री हिक्मत काकीले ३६ अर्ब, ३४ करोड, ३५ लाख १० हजार बराबरको बजेट अध्यादेशमार्फत सार्वजनिक गरेका थिए । उक्त बजेटलाई शनिबार मुख्यमन्त्री केदार कार्कीले हेरफेर गर्दै ३६ अर्ब ७४ करोड भन्दा धेरैको बजेट प्रतिस्थापन विधेयक सदनमा दर्ता गराएका थिए । यो बजेट हिक्मत सरकारले ल्याएको भन्दा ५० करोड धेरैको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot