Logo

स्वीकृत पाठ्यपुस्तकमात्रै पठन-पाठन गराउन काठमाडौं महानगरको निर्देशन



काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई स्वीकृत पाठ्यपुस्तकमात्रै पठन–पाठन गराउन निर्देशन दिएको छ । महानगरले सबै विद्यालयहरुलाई पत्र लेख्दै स्वीकृत नभएका पाठ्यपुस्तक अध्ययन अध्यापन भइरहेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगरभित्रका केही विद्यालयलले स्वीकृत नभएका पाठ्यपुस्तक पठन पाठन गराएको र विद्यार्थीहरुलाई उक्त पुस्तकहरु किन्न बाध्य बनाएको भन्ने गुनासो आएपछि महानगरले सबै विद्यालयहरुलाई पत्राचार गर्दै पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्वीकृत गरेका पुस्तकमात्रै अध्यापन गराउन भनेको छ ।

विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने बताइएको छ । अन्य पाठ्यपुस्तकको हकमा नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र पठनपाठनको व्यवस्था गर्न पत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot