Logo

प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली



काठमाडौं,१२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा सिंहदरबार पुगेका छन्।

नवनिर्मित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । केहीदिन अघिमात्रै सिंहदरबारमा बनेको नयाँ कार्यालयमा प्रधानमन्त्री सरेका थिए।

भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्