Logo

सामाजिक रीति स्थितिमा खलल पुर्‍याएको मुद्दामा कमेडियन अपूर्व क्षितिज दोषी ठहर



काठमाडौं,१२ मंसिर । युवा कमेडियन अपूर्व क्षितिजसिंह जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दामा दोषी ठह भएका छन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर रिटमा न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले दोषी ठहर गर्दै १० हजार जरिवानाको फैसला सुनाएका हो ।

मुलुकी अपराध संहिताको दफा १६५ को सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो।

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्ध, जातीय भेदभाव तथा छुवाछुत, तथा जातपातका आधारमा भेदभाव गरेको सम्बन्धी पनि मुद्दा दायर भएको थियो । तर, उक्त विषयमा भने अदालतले दाबी नपुग्ने ठहर गरेको छ ।

काठमाडौं उपत्यकाका नेवारी समूहको रीतिथितिको बारेमा कमेडी गरेको र आफूहरुको आस्थामाथि प्रहार भएको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा परेको थियो । ०७९ को असोजमा पक्राउ परेका अपूर्व धरौटीमा रिहा भएका थिए । विरोध र आलोचना बढ्दै गएपछि उनले सार्वजनिक रुपमा नै माफीसमेत मागेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot