Logo

एकीकृत समाजवादी यत्तिकै नसकिनेमा माधव नेपाल ढुक्क



काठमाडौं,१२ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फर्किन्छ भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पार्टीको प्रचार तथा पसार विभागले गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजालाई शक्तिमा फर्काउँछु भनेर गलत प्रचार गरिरहेकोसमेत दाबी गरेका छन् ।

‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन,’ नेपालले भने, ‘सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो।’

फरक प्रशंगमा नेपालले आफ्नो पार्टीको औचित्य सकिँदै गएको भनेर हल्ला फिँजाएको भन्दै आपत्तिसमेत जनाएका छन् । उनले पार्टीमा रहकेो एक दुई जना व्यक्रिहरुले पार्टी छोड्दैमा आफ्नो पार्टी नरित्तिनेसमेत दाबी गरे ।

उनले भने,‘राजनीति कोर्ष परिवर्तनमा हाम्रो पार्टीको ठूलो भूमिका छ । पछिल्लो समय हाम्रो पार्टीका विरुद्ध केही भ्रम फैलाइरहेको पाइन्छ । हाम्रो पार्टी सकिन्छ, पार्टी बन्दैन जस्ता निराशा पोख्ने काम भइरहेका छन् । हाम्रो पार्टी बनिसक्यो। विरोधिले भने जस्तै गरी सकिँदैन ।’

०७८ को भदौंमा तत्कालीन नेकपा एमालेबाट विभाजीत गरेर नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । स्थापनाको सुरुवातमा पार्टीप्रति नेता कार्यकर्ताले देखाएको रुझानबाट उत्साहित बनेका नेपाल पछिल्लो समय दिनहुँ नेता कार्यकर्ताहरु पार्टी छाडेर मूलघरमै फर्किने थालेपछि भने चिन्तित बनेको नेताहरुले बताउने गरेका छन् । यद्यपि पछिल्लो समय उनले दिएका अभिव्यक्तिलाई हेर्ने हो भने नेपाल आफ्नो पार्टी अहिलेनै रित्तिनहाल्नेमा ढुक्क देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस्