Logo

देवको कप्तानीमा गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा



काठमाडौं,१२ मंसिर । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ । मंगलबार नेपाल क्रिकेट संघ क्यानले देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

क्यानले आज घोषणा गरेको नेपाली टिममा सिनियर टोलीका अलराउण्डर गुल्सन झालाई पनि समेटिएको छ । सिनियर टिममा रहनुअघि यू १९ टोलीकै कप्तान रहेका गुल्सनलाई पनि यसपटक क्यानले टिममा समावेश गरेको हो ।

गुल्सन राष्ट्रिय क्रिकेट टिमका उम्दा अलराउण्डर हुन् । उनको सनसनीपूर्ण प्रदर्शनले नेपालले गत महिना अर्को वर्ष हुने टी २० विश्वकपमा स्थान बनाएको थियो भने उनकै शानदार प्रदर्शनमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट हुँदै ४ वर्षका लागि ओडीआई मान्यतासमेत सुरक्षित गरेको थियो ।

क्यानले घोषणा गरेको ेनपाली टिममा देव खनाल र गुल्सनका अतिरिक्त अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपकप्रसाद डुम्रे, विशालविक्रम केशी, दीपेश कँडेल, सुवाश भण्डारी, दीपक बोहरा, विपिन रावल, उत्तमरञ्जु थापा मगर, आकाश चन्द र तिलकप्रसाद भण्डारी रहेका छन् ।

डिसेम्बर ८ बाटयूएईमा हुने एसिया कपमा नेपालले भारत, पाकिस्तान र अफ्गानस्थानसँग भिड्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot