Logo

बालकृष्ण खाँणले न्याय पाउनेमा देउवा विश्वस्त



काठमाडौं,१२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मंगलबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटनका लागि भैरहवा पुगेका देउवाले जिल्ला सम्मेलन उद्घाटन गर्दै खाँणले ढिलो चाँडो न्याय पाउने बताएका हुन् ।

‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु,’ कार्यक्रमलाई सम्बोभन गर्दै उनले भने, ‘हाम्रा वकिल साथीहरू लागिरहेका छन्। मलाई विश्वास छ उहाँले न्याय पाउनु हुनेछ।’

कांग्रेसमा सभापति देउवाका विश्वासपात्र र उनको उत्तराधिकारीकै रुपमा हेरिएका खााण बैशाखदेखि नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्