Logo

मन्त्रिपरिषदको बैठक जारी



काठमाडौं,१३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक जारी छ । विहान ९ बजे बाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो ।

गत मंगलबार बस्नु पर्ने नियमित बैठक प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बस्न नसकेपछि आज बसेको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाईएको छ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज बेलुका ९ बजे संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot