Logo

कांग्रेस मधेश प्रदेशको पूर्ण बैठक सम्पन्न, पुस ५–६ गते मधेश प्रदेश सम्मेलन धनुषाधाममा हुने



जनकपुरधाम, मंसिर १३। नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठक मंगलबार प्रादेशिक कार्यालय जनकपुरधाममा सम्पन्न भएको छ । नेपाली कांग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षमा बसेको पूर्ण बैठकमा चार बुंदे निर्णय गरिएको छ ।

बैठकमा नेपाली कांग्रेस मधेश प्रदेशको प्रदेश सम्मेलन यहि पुस ५ र ६ गते धनुषाधाम स्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा गर्ने निर्णय गरिएको छ । त्यस प्रदेश सम्मेलनको प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय गरिएको नेपाल कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

त्यस्तै, बैठकले मधेश प्रदेश सम्मेलन लाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यक अनुसारको उप समितिहरु कार्यसम्पादन समिति गठन गर्ने, मधेश प्रदेश सम्मेलनमा राजनितिक साँगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन गर्ने, वडा तहदेखि जिल्ला सम्म सम्मेलन गर्न बाकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्ने र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको गुप्ताले बताए ।



प्रतिक्रिया दिनुहोस्