Logo

भूकम्प पीडितका लागि सोफा उत्पादक सङ्घद्वारा सहयोग



काठमाडौँ, १३ मङ्सिर । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिए । कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सङ्घले सञ्चालन गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्