काठमाडौं,१३ मंसिर । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आउँदो फागुन २० गतेबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १९ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत गरेर कूल २० जनाको पद रिक्त हुँदैछ ।
नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
यसअघि निर्वाचन आयोगले पनि सरकारलाई माघ ११ गते नै निर्वाचन गर्न परामर्श दिएको थियो । सरकारले मिति तय गरेमा आयोग जूनसुकै बेला निर्वाचन गर्न तयार रहेको आयोगको भनाइ छ ।