Logo

केपी ओली कप- मदन भण्डारीले दियो कोशीलाई ६८ रनको सामान्य लक्ष्प



काठमाडौं,१३ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० मा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम निलोले कोशी प्रदेशलाई ६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको मदन भण्डारीको टिम निलोले १८ औं ओभरमा ६७ रनमा अलआउट भयो । उसका लागि अर्जुन रायमाझीले २४ तथा अभय यादव र मेहुल श्रेष्ठले समान १० रन जोड्नु बाहेक अन्य कुनैपनि ब्याटसम्यानले रन जोड्न सकेनन् ।

बलिङतर्फ कोशीका श्रवन यादवदे तीन तथा कमल खत्री र फिरदोस अन्सारीले समान २ विकेट लिए ।

कोशी र मदन भण्डारी दुबै टिम प्रतियोगीताबाट बाहिरिसकेका छन् । आजका जित उनीहरुका लागि केवल प्रतिष्ठामात्र हुनेछ ।



प्रतिक्रिया दिनुहोस्