Logo

सैनिक विशेष अदालतको अध्यक्षको जिम्मेवारी न्यायाधीश लेखनाथ पौडेललाई



काठमाडौं,१३ मंसिर । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्