काठमाडौं,१३ मंसिर । कोशी प्रदेश सभामा नेकपा एमाले र राप्रपाका ८ सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।
अध्यादेशमार्फत सरकारले ल्याएको बजेटमाथि राप्रपाकबा २ र नेकपा एमालेका ६ गरेर ८ सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले सरकारले ल्याएका बजेटका विभिन्न शिर्षकमा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेश सभामा आज बिहान ११ बजेसम्म प्रस्ताव दर्ताको समय दिएको थियो । यसरी प्रस्ताव दर्ता गर्नेहरुमा एमाले सांसदहरु रेवतीरमण भण्डारी, निरन राई, कमला दर्नाल, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल र तिलचन पाठक रहेका छन् । त्यस्तै राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र सांसद गोपाल विश्वकर्माले पनि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।