Logo

मदन भण्डारीविरुद्ध कोशीको सान्तवना जित



काठमाडौं,१३ मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी -२० क्रिकेटमा कोशी प्रदेशले आयोजक मदन भण्डारीको टिम निलोलाई ९ विकेटले हराउँदै सान्तवना जित हात परेको छ ।

मदन भण्डारीको टिम निलोले दिएको ५८ रनको सामान्य लक्ष्य कोशीले ७. ४ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ९ विकेटको फराकिले जीत हात पारेको हो । उसका लागि सोनु अन्सारीले २द्द बलमा समान ३ छक्का र चौका हिर्काउँदै ३५ रन बनाए । अर्का ओपनर मनिस थापाले ७ बलमा २ छक्का र १ चौका हिर्काउँदै १८ रन बनाए ।

मदन भण्डारी समूह चरणको पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मीसँग पराजित भएको थियो । कोशी प्रदेश पनि पहिलो खेलमा आर्मीसँग ३९ रनले पराजित भएको थियो ।

८ मंसिरबाट सुरु केपी ओली कपमा भोलि सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा बागमती प्रदेशले आर्मीसँग भिड्नेछ । दोस्रो खेलमा मधेश प्रदेशले एपीएफले प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्