Logo

कांग्रेस पदाधिकारी बैठक सुरू



काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरू भएको छ । सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् निवासमा सुरू भएको बैठकमा आगामी महासमिति बैठकका एजेण्डाबारे छलफल गर्ने बताईएको छ ।यसको साथै, समसामयिक राजनीतिक विषयमा पनि आजको बैठकमा छलफल हुने एक नेताले जनाए ।

कांग्रेसको यसपटकको महासमिति बैठक महत्वपूर्ण हुने नेताहरुले बताउँदै आएका छन् । महासमिति बैठक आगामी पुष १६–१९ गतेसम्म बस्ने तय भएको छ । उक्त बैठकमार्फत कांग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय लिनुपर्ने भन्दै केही नेताहरुले अहिलदेखि नै लविङ थालेका छन् ।

सभापति देउवाले पनि धर्मनिरपेक्षताबारे सोच्न सकिने अभिव्यक्ति दिएका छन् । यस्तै, आजको पदाधिकारी बैठकमा सरकारको कामकारबाहीको बारेमा पनि समिक्षा हुने बताईएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्