Logo

स्वर्णिम वाग्ले रास्वपाको केन्द्रीय सदस्य मनोनीत



काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद् डा.स्वर्णिम वाग्लेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

पार्टीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टीमा रहेका सबै सांसदलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेअनुसार डा वाग्ले स्वतः केन्द्रीय सदस्य बनेका हुन् ।

डा.वाग्ले गत बैशाखमा सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनको मुखमा नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए । तनहुँ १ मा रिक्त रहेको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नेगरी उनले कांग्रेस परित्याग गरेका थिए ।

त्यसोत जलेश्वरमा जारी संसदीय दलको संयुक्त बैठकमा वाग्लेलाई पार्टीको उपसभापति बनाउनेसम्मको छलफल चलेको थियो । यद्यपि हालसम्म कुनै निर्णय भएको छैन् । सभापति रवि लामिछाने निकटका नेताहरुले उनलाई उपसभापति मनोनीत गर्न माग गर्दै आएका छन् ।

तर,स्वयः वाग्ले भने मनोनीत पदमा नबस्ने बताउँदै आएका छन् । उनले महाधिवेशनबाट निर्वाचित पदमा मात्र रहनेभन्दै उपसभापतिमा मनोनीत नगर्न आग्रह गरेको उनिनिकट नेताहरु बताउँछन् । कांग्रेसमा रहँदा मनोनीत र टीके प्रथा हालिमुहाली भएको आरोप लगाउँदै पार्टी परित्याग गरेका उनले रास्वपामा कांग्रेसकमा जस्तो रोग निम्तिन नदिने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्