Logo

कोशी सरकारको बजेट पारित




काठमाडौं,१३ मंसिर । कोशी प्रदेशको विनियोजन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

आज बसेको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पेश गरेको चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।

एमाले राप्रपाले राखेको खर्च कटौतीको प्रस्तावको जवाफ दिँदै मुख्यमन्त्री केदार कार्कीले सबै दलसँग मिलेर आफू अघि बढ्न तयार रहेको प्रतिवद्धता जनाएपछि एमाले र राप्रपाले उक्त प्रस्ताव फिर्ता लिएको थियो । एमाले र राप्रपाले पनि सहमित जनाएपछि बजेट सर्मसम्मत पारित भयो ।



प्रतिक्रिया दिनुहोस्