काठमाडौं,१४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ ।
बिहीबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘झुलाघाट–चिवाभञ्ज्याङस् समृद्धिको लागि संकल्प यात्रा’ बैतडीको झुलाघाटबाट झंडोतोलन गरी शुरुवात गरेका हुन् ।
बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिने छ। झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्न हिँडेको एमालेले राजमार्गका ४९ बढी ठाउँमा सानाठूला सभाको आयोजना गर्नेछ।
झुलाघाटमा आयोजित उद्घाटन सभामा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानले राजक र अस्थिर राजनीतिकलाई सही बाटोमा ल्याउने विश्वास लिएको बताए ।
तस्विरहरु एमाले अध्यक्ष ओलीको सचिवालय