Logo

विधान संशोधन गर्न ढकालको नेतृत्वमा रास्वपामा सिफारिस कार्यदल गठन



काठमाडौं,१४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गर्ने भएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको हो ।

विधान संशोधनका लागि महामन्त्री डा मुकुल ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदल बनाइएको छ ।

केन्द्रीय सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, डा। तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र वरिष्ठ अधिवक्ता नारायण घिमिरे समितिको सदस्य छन् ।

रास्वपाको जलेश्वर बैठकले पदाधिकारी थप गर्नुका साथै सचिवालय पनि गठन गरेको थियो । हालको विधानमा सचिवालय गठनको व्यवस्था नभएपनि महाधिवशेनको प्रक्रिया सुरु गर्न गठन गरिएको रास्वपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्