Logo

एकीकृत समाजवादीको बैतडी जिल्ला कमिटी एमालेमा समाहित



काठमाडौं,१४ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको बैतडी जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ ।

नेकपा एमालेले आजबाट सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङस् समृद्धिको लागि संकल्प यात्रा नामक पदयात्राको क्रममा बैतडीको गोठलापानीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका बैतडी नेकपा एस एमालेमा समाहित भएको छ ।

बिहीबार बिहान पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एस बैतडीका अध्यक्ष तथा केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट,पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन् ।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमा निर्वाचित नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्