Logo

विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेका छौं : सभापति यादव



काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । आज (बिहीबार) बसेको समितिको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो ।

समिति सभापति राजकिशोर यादवले नेपाल कुनैपनि पक्षधरता देश नरहेको र शान्तिको वकालत गर्ने देश भएकोले आफ्नो देशको नागरिकलाई कुनैपनि कारणविना बन्धक बनाउनु गलत भएको भन्दै तत्काल रिहाईको लागि अन्तर्राष्ट्रिय समूदायसँग आग्रह गरिएको बताए ।

समितिको बैठकमा भएको छलफलबारे उनले भने,‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ, नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

यसअघि विपिन जोशीका बुवा–आमाले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेरै आफ्नो छोराको रिहाईको लागि पहल गरिदिन गुहार गरेका थिए । उनीहरुले आफूहरु छोराको रिहाईको पर्खाईमा रहेको भन्दै तत्काल रिहाईको लागि सरकारले पहलकदमी लिओस भनेर आग्रह गरेका छन् ।

जवाफमा मन्त्री साउदले जोशीको रिहाईको लागि कतारी अधिकारीहरुसँग आग्रह गरिने विश्वास दिलाएका छन् । उनले आफू यही प्रयोजनको लागि छिट्टै कतार जानेपनि आश्वासन दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्