काठमाडौं,१४ मंसिर । नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम सम्मेलन आगामी पुस ७ गते हुने भएको छ ।
कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशको पहिलो सम्मेलनमा ७ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
अधिवेशन तयारीका लागि प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व सम्मेलन मूल आयोजक समिति गठन भएको छ । उक्त मूल आयोजक समितिमा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको कांग्रेसले जनाएको छ ।
बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना व्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेशन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्य, कार्यपछिको प्रतिवेदन तयारी उपसमितिमा उज्जवलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकी अस्तानी मगर, स्वास्थ्य शिविर डा.अमितसिंह कार्की, सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयम्सेवक परिचालन प्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई तोकेको छ ।