Logo

नेपाल सुपर लिग- लुम्बिनीविरुद्ध एफसी धनगढी १-० ले विजयी



काठमाडौं,१४ मंसिर । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साविक उपविजेता धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-०ले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा कुनैपनि टिमबाट गोल नभएपछि थपिएको ७ मिनेटको दोस्रो मिनेटमा धनगढीका सब्स्टिच्युट खेलाडी अफिज ओलावलेले गोल गर्दै टिमलानई जित दिलाए । उनलाई अहमद हिजाजीले पास उपलब्ध गराएका थिए । बुटवलका किपर अघि बढेको मौका सदुपयोग गर्दै ओलावलेले सुन्दर गोल गर्दै टिमलाई जिताएका हुन् ।

त्यसअघि पहिलो हाफ र दोस्रो हाफमा दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेनन् ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको बुटवल लुम्बिनी भने तालिकाको पुछारमा छ ।



प्रतिक्रिया दिनुहोस्