काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलाबदर गर्दै तुलाधरलाई रिहा गर्न आदेश जारी गरेको हो ।
अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्न अदालतले भनेको हो ।