काठमाडौं,१५ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा वीरगञ्ज युनाइटेडविरुद्ध एफसी चितवनले १-०को अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको २८ औं मिनेटमा चितवनले विमल घर्तीमगरको गोलबाट अग्रता लिएको हो ।
चितवनका विमल घर्ती मगरले सेन्टर नजिकै रोसन राना मगरबाट पास पाएको बल एक्लैले अघि बढाए । उनले ३ जना डिफेन्डरलाई बिट गर्दै बल डी बक्समा पुर्याए । वीरगञ्जका किपर अघि बढे र बिट भए । नेट खाली भएपछि विमलले कुनै हतार गरेनन् । उनले आरामले बललाई ६ यार्ड बल नजिकै पुर्याए ।
३२औं मिनेटमा टोरिकको पासमा अमिनुको प्रहारमा उनले चाहेजस्तो सम्पर्क बनाउन सकेनन्। ४१औं मिनेटमा टोरिककै कर्नर दीपले पुनः पन्च गरिदिए।
आज तेस्रो खेल खेलिरहेको चितवन एक बराबरी सहित एक अंकमा छ। पहिलो खेलमा पराजित वीरगन्ज भने आज दोस्रो खेल खेल्दै छ।