Logo

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो- खेलकुदमन्त्री लिम्बू



काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए। उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने पनि बताए।

‘अहिले नेपालको राजनीति देशी, विदेशी शक्तिले हल्लाइरहेको छ। अस्थिरता बनाइरहेको छ। जहाँ राजनीतिक क्षेत्र अस्थिर भयो भने देशमा विकास हुन सक्दैन। राजनीति किन गर्ने के पाइन्छ भन्ने खालको प्रश्न युवा साथीहरूले गरेको सुनिन्छ।’ उनले भने,‘राम्रोका लागि दबाब सिर्जना गर्ने,राम्रोका लागि सुझाव दिनुपर्छ। राजनीति भनेको मूल नीति हो। राजनीति एउटा दर्शन हो।’

मन्त्री लिम्बूले युवाहरुले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्नेकुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot