Logo

जनमत पार्टीका अध्यक्ष राउत कोप–२८ मा भाग लिन दुवई प्रस्थान्



काठमाडौं, १६ मंसिर । सत्तारूढ जनमत पार्टीका अध्यक्ष डा. सीके राउत युएईको दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन दुवई गएका छन् ।

यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यसअघि नै दुवई पुगिसकेको छ । प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए ।

यो सम्मेलन डिसेम्बर १२ मा सकिनेछ । कोप–२८ ले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई जीवन्त राख्ने अपेक्षा गरिएको बताइएको छ । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खाँन पनि कोप–२८ मा सहभागी हुन दुवई उडिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot