Logo

देउवाले भने : म काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ ?



काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले यसपटक धेरै काम गर्न खोजिरहेको बताएका छन् । उनले आफूले कम बोल्ने र काम बढी गर्न खोजेको सुनाए ।

आज (शनिबार) पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । छोटोसम्बोधन गरेका देउवाले आफूले पार्टीभित्र एकता कायम गर्न प्रयत्न गरेको पनि सुनाए ।

उनले पार्टी भाषणले नचल्ने र काम गरेर देखाउनुपर्ने बताए । सभापति देउवाले लुम्बिनी बुद्ध जन्मेको स्थान भएको र बुद्धकै उपदेश विश्वभर फैलिएको उल्लेख गर्दै बुद्धकै स्थलमा भएको लुम्बिनी प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे ।

उनले भने,‘चन्द्र भण्डारी जीले भनिसक्नु भयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन, पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषण अनुसार काम पनि गर्नुहोला ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot