Logo

सांसद खड्का चढेको गाडी दुर्घटनाले धरान–धनकुटा सडक नै अवरुद्ध



काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ ।

खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।

सङ्खुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरी गढी गाउँपालिकाको कोल बोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको हो ।

सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भई रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot