Logo

नेपाल सुपर लिग : आज इलाम र बुटवल लुम्बिनी भिड्दै



काठमाडौं, मंसिर १७ । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुदैछ।

दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुने खेलमा इलाम दोस्रो जित निकाल्ने लक्ष्यमा छ भने लुम्बिनी भने पहिलो जितको खोजीमा छ।

दुई खेलबाट ३ अंकसहित इलाम अंकतालिकाको छैटौं स्थानमा छ। लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुच्छारमा छ।

यसअघि हिजो भएको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी तथा पोखरा थण्डर्स र झापा एफसीले बराबरी खेल्दै अंक बाँडेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot