Logo

दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई थुनामुक्त गर्न माग गर्दै परेको रिट न्यायाधीश रेग्मीको एकल इजलासमा



काठमाडौं,१७ मंसिर । गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने उद्घोषसहित मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट आज सुनुवाइ हुँदैछ ।

थापाको तर्फबाट सरका विष्टले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिएको छ ।

थापा गत सोमबार काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका थिए । उनी हाल प्रहरी वृत गौशलामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्