Logo

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन: बन्दसत्र सुरू



काठमाडौं,१७ मंसिर । नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनअन्तर्गत आजबाट बन्दसत्र सुरु भएको छ ।

शनिबार पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको प्रथम सम्मेलन आइतबार बिहानदेखि बन्दसत्र सुरु भएको हो ।

प्रथम प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका विषयमा व्यापक छलफल हुने कांग्रेसले जनाएको छ ।

सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७ सय ५० बढी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot