Logo

उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते



लिमा, १७ मङ्सिर । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् ।

सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीय समय अनुसार बिहान १:०० बजे सो आक्रमण भएको हो। घटनाको अनुसन्धान जारी छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot