Logo

त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा लाग्यो आगो



काठमाडौं,१७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो ।

एक यात्रुले बोकेको हेण्ड ब्यागबाट अचानक धुवाँ निस्किएपछि केहीबेर खलबली भएको छ । विमानस्थल प्रहरी स्रोतका अनुसार एक महिलाको हेण्ड ब्यागमा आईप्याडमा जोडिएको पावर बैंक सर्ट भएको थियो ।

उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका निम्ति यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेका थिए ।

उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको बताईएको छ । ती महिला पुर्णरूपमा सुरक्षित रहेको प्रहरी स्रोतले बताएको छ । आईप्याडको अवस्था चेकजाँच गराएर सुरक्षित देखिएपछि उनलाई छाडिएको थियो ।



प्रतिक्रिया दिनुहोस्